बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज राप्रपाले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

बुधबार, बैशाख ७ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बुधबार चुनावी प्रतिबद्धतापत्र  सार्वजनिक  गर्दैछ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएको हो । 
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र  सार्वजनिक गर्ने भएका हुन् । 
घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजना ल्याउने तयारी गरेको छ ।

नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यसअघि नै घोषणापत्ररप्रतिबद्धतापत्र  सार्वजनिक गरिसकेका छन् ।

स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदैछ, दलहरु पालिका उम्मेदवार टुंग्याउन व्यस्त छन् ।

फाइल तस्वीर