बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अफगान टिभी प्रस्तोतालाई काबुलमा पक्राउ गरी दुर्ब्यवहार

बुधबार, बैशाख ७ २०७९

काबुल । अफगानिस्तानमा मिडिया स्वतन्त्रताको बढ्दो चिन्ताबीच अर्का अफगानी पत्रकारले आफूलाई काबुलमा पक्राउ गरी दुर्ब्यवहार गरेको बताएका छन् ।

टोलो न्युजका अनुसार अफगानिस्तानको एक टिभीमा समसामयिक बिषयमा कार्यक्रमका प्रस्तुत गर्दै आएका मोहिबुल्लाह जलिलीले उनलाई थुनामा राख्नुको कारण स्पष्ट नभएको र आफूलाई तालिवानले सजायँसमेत दिएको बताउनुभयो । 

शुक्रबार राति सदरमुकामस्थित सुरक्षा जाँच चौकीमा सशस्त्र सुरक्षाकर्मीले गाडी रोकेर नियन्त्रणमा लिई हिरासत राखेको बताए। 

उनले भने, “मैले थुनुवा हुनुको कारण सोध्दा उनीहरूले तिमी पत्रकार हौ र तिमीले नै मातृभूमिलाई बर्बाद पारेका छौ भन्दै दुर्ब्यवहार गरियो । 

जलिलीले भने, “मैले प्रतिवाद गर्दै तपाईहरू कुन देशको लागि काम गर्नुहुन्छ भन्दा म माथि दुर्ब्यवहार गरियो ।” 

पत्रकारहरूप्रति यस्तो व्यवहार गर्नु एकदमै क्रुर र अमानवीय बिषय हो । मेरो काका सेनामा हुनुहुन्नथ्यो र कसैसित पनि व्यक्तिगत शत्रुता थिएन पत्रकारका एक जना नातेदार शाफिकले बताए ।

दुर्ब्यवहारको रिपोर्टको जवाफमा काबुल प्रहरीले यस मामिलामा अनुसन्धान शुरु गरेको बताएको छ । काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले भने, “पीडी–१५ मा सशस्त्र व्यक्तिहरुले उनलाई पिटेका बुझिएको छ । हामीले जलिलसँग भेटेर अनुसन्धान गर्न प्रहरीको एक समूहलाई खटाइसकेका छौँ ।

तालिवानले सरकारको विपक्षमा लेख्ने पत्रकारहरूलाई लगातार दुब्र्यबहार गर्ने गरेको र अफगानिस्तानका सञ्चार माध्यमले लगातार प्रतिबन्धको सामना गर्नुपरेको उनले बताए । 

गत सात महिनामा अफगान पत्रकार तथा सञ्चारकर्मीमाथि भएका झण्डै १४० वटा उत्पीडनका घटना रेकर्ड भएकासंस्थाहरुको तथ्याङ्कलाई उद्धृत गर्दै टोलो समाचारमा उल्लेख गरिएको छ । 

एजेन्सी