बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बझाङमा भूकम्पको धक्का

मंगलबार, बैशाख ६ २०७९

बझाङ । बझाङमा आज विहानै भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको पराकम्प गएको छ। 

बझाङको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पको क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।