शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मानाचामल छुट्टिएको बहाना बनाउदै एनआईसी एसिया बैंक बन्यो विशाल ग्रुप धन्दा क्लब

सोमबार, बैशाख ५ २०७९

काठमाडौँ l नेपाली बैंकिङ्ग क्षेत्रमा पछिल्लो समय वित्तिय तरङ्ग पैदा गर्ने मुख्य नाईके बैंक एनआईसी एसिया बैंक रहेको छ । सो बैंक अहिले नेपाल राष्ट्र बैंक भन्दा पनि बढी शक्तिशाली देखिएको छ ।  ग्राहकलाई सतुष्टि दिन र वित्तिय कारोबार सहि ढंगले गर्ने शक्तिशाली नभई जे गरे पनि राष्ट्र बैंकले कारवाही गरे जस्तो मात्र गर्नका लागि पावरफुल देखिएको छ । न कुनै कानुन र बन्धन नभई वित्तिय क्षेत्रमा हवाला  मच्याउदै दुनियाँको सम्पति हडप्ने मात्र बैंक हो भन्ने लगभग सबै बैंक र राष्ट्र बैंक समेतलाई थाहा भएर पनि कुनै कारवाही गर्ने आँट समेत गर्दैनन् । डेपुटि गभर्नर र निर्देशकहरुलाई समेत आँखा छलेर केहि मोहमा फसउदै मुख बन्द गर्न वाध्य विशाल ग्रुपले संचालन गरेको एनआईसी एसिया बैंक धन्दामा अब्बल मानिन्छ । 

स्विफ्ट ह्याक प्रकरण होस या अन्य प्रकरणमा प्रहरी लगायतका निकाय र त्यसका हाकिमलाई राम्रै भेटि चडाएर यो सब सम्भव भएको कुरा बैंककै अध्यक्ष आफै फुक्दै हिड्ने गरेको स्रोतको दाबी छ।

आफ्ना कालाकर्तुत लुकाउन मात्र बैंकले अहिले पछिल्लो समय ४ महिनामा ३५ करोड हाराहारी नाजायज खर्च गरेको बुझिएको छ । पारिवारिक क्लब भन्दा माथी बोल्न र प्रश्न समेत बोर्ड मिटिंगमा गर्न नपाईने बैंकले अहिले घुमाउरो पाराले आफ्नो छोरा ,भतिज ,भान्जालाई मानो चामल छुट्टीएको भन्दै अबैध रुपमा संचालक समेत बनाएको राष्ट्र बैंक टुलु-टुलु हेर्दै बसेको छ ।  विशाल ग्रुपको पूर्व-अडिटर तथा हालका सिईओ रोशन न्यौपाने भने बैंक अध्यक्ष तथा संचालकको आदेशमा सम्पति हडप्ने र मालदार प्रोपर्टी आफ्नो कब्जामा पार्ने मतियार मध्यको एक रहेका छन् विशाल ग्रुपले सम्पति कब्जा गरिरहदा झनै पछिल्लो समय न्यौपाने पनि भित्र भित्र रुस्ट छन् । तै पनि आफ्नो नुनको सोझो गर्ने बाध्यता परेको बैंक निकट स्रोतले बताएको छ, पहिले अडिटरबाट कर छल्न र धन्दामा सेटिंङ्ग मिलाए बापत पुरस्कारको रुपमा एनआईसी एसिया बैंक पसेका न्यौपाने र बैंक संचालकको बदमासी झनै धेरै रहेको छ ।

न्यौपानेको कमान्डमा कुन कर्जाको साँवा र ब्याज एक दिन मात्र ढिला भयो र त्यस्लाई कसरी विशाल ग्रुपको कब्जामा लिने भन्ने एउटा टिमनै खडा गरि अदृश्य ठाउमा डिपार्ट खाडा गरिएको छ । ग्राहकलाई त्यही डिपार्टबाट फोन एसएमएस गरि आतंक दिने कार्य भईरहेको छ। पछिल्लो समय गत वर्षको लाभांस बाढन नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपनि अन्य बैंकहरुको समेत आखामा छारो हाल्न लाभांस रोकिएको नाटक मन्चन गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको पटक पटक छुट्टै भेला समेत भएको बैंक उच्च स्रोत बताउछ बैंकलाई जनताको पउचमा ल्याउनको सट्टा नियतबस दुख दिने यस एनआईसी प्रवृतिका विषयमा राष्ट्र बैंकमा बोल्ने कोहि छैन । राष्ट्र बैंकका केहि उच्च अधिकारीहरु अहिले मोहमा फसेर बैंक लाई ढोक छोप गरेपनि छिट्टै एनआईसी एसिया बैंक अबसन हुने कुरामा दुई मत छैन ।