काठमाडौँ l रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा माओवादी केन्द्रले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।
६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा मिलाउन बसेको समिति बैठकमा माओवादीले आआफ्नो दाबेदारी प्रस्तुत गरेको हो।
बालुवाटारमा बसेको बैठकमा माओवादीले भरतपुर महानगरपालिकासहित चार उपमहानगरपालिकामा दाबी गरेको छ।
बैठकमा सहभागी एक नेताका अनुसार माओवादीले धरान, जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा दाबी गरेको हो।