हुम्ला । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार बिहान हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् ।
शनिबार साँझ नेपालगञ्ज पुगेका अध्यक्ष ओली आइतबार बिहान समिट एयरको हेलिकोप्टरमार्फत सिमकोट आइपुगेका हुन् । अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि प्रस्थान गरेका छन् ।
अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि क्षेत्रको अवलोकन गर्नुका साथै अहिले लिमिका वासिन्दासँग भेटघाटमा छन् । अध्यक्ष ओलीले नेपाल र चीनको सिमाना लोलुङजोङको हवाई अवलोकन गर्ने कार्यक्रम छ ।
उनले उत्तरी नाम्खाकोे अवलोकनपछि सदरमुकाम फिर्ता भएर सिमकोटको चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्य तालिका तय गरिएको एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले जानकारी दिए ।
अध्यक्ष ओलीले सिमकोटको आमसभालाई गरे लगत्तै अदानचुली गाउँपालिकाको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।