बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस बझाङका सभापति सवार जीप दुर्घटना:  एक जनाको मृत्यु, तीन घाइते

आइतबार, बैशाख ४ २०७९

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१ ००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने १ जना  घाइते अञ्जु बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।  प्रहरीका अनुसार जीप गएराति पौने १ बजे दुर्घटना भएको थियो ।

जीपमा तीन महिला र ६ पुरुष गरी नौ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार उक्त जीपमा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहरा र परिवार थिए ।

निजी कामले सभापति बोहराको परिवार धनगढी गइरहेका बेला गाडी अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख  प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।