तनहुँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले आगामी स्थानीय तहको चुनवमा साझा उम्मेद्वार बनाउने सहमती गरेको छ।
जोशी निवास दमौलीमा शनिबार भएकोको छलफलबाट चुनावी तालमेल गर्ने निर्णय भएकाले साझा उम्मेद्वारी दिने भएको हो ।
छलफलको क्रममा तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ । जोशी समुहबाट ४ जना र नेकपा एमाले तनहुँका ४ जना गरि ८ सदस्यीय ‘चुनाव परिचालन समिति समिति गठन भएको छ ।
प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेद्वारी दिने सहमती भएको छ । तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गरिएको नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले जानकारी दिए । १९ वर्ष देखि सत्ता बाहिर रहनु भएका जोशी विकासवादी नेताको रुपमा जिल्लामा परिचित छन् ।
नेपाली कांग्रेस तनहुँका सस्थापक सचिव हुँदै केन्द्रमा सहमहामन्त्री समेत बनेका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाहीमा तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ट छन् ।
रुष्ट जोशी समुहले एमालेसँग चुनावी तालमेल गरेपछि तनहुं कांग्रेसलाई ठुलो क्षति हुने देखिएको छ ।
जोशी समुहबाट व्यास नगरपालिकाको प्रमुखमा उम्मेद्वार बनेका दीपकराज जोहीलाई एमालेले सघाउने भएको छ । यसगरी अन्य पालिकामा पनि सहमती हुने बताइएको छ।