शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको छ:  अध्यक्ष ओली

आइतबार, बैशाख ४ २०७९

सर्लाही । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले मधेशका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको बताएका छन् ।

शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब आफूलाई कसैले मधेशको ठेकेदार नठान्न चेतावनी समेत दिए ।
अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै मधेशका नागरिकलाई मधेशको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गरे ।

२०४६ सालको आन्दोलनपछि २०४७ साल वैशाखमा सर्लाही सदरमुकाम मलंगवा आएको स्मरण गर्दै उनले ३२ वर्षपछि आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गरे । मधेशको जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघिसारेको उनले बताए ।

 २२ वर्ष पहिला आफ्नो सरकारले ल्याएको हुलाकी सडकको अवधारणाले मधेशको विकासले काँचुली फेरेको ओलीको दाबी थियो ।

जनकपुरबाट ढल व्यवस्थापन सुरु गरेको बताउँदै मधेशका सबै ठाउँमा ढल र पानीको सुविधा पुर्‍याउने उनले बताए । आफ्नै सरकारले सामाजिक सुरक्षा भत्ता वितरण सुरुगरेको उनको जिकिर छ । यसलाई एमालेको सरकारले बढाउँदै लैजाने उनले बताए ।

उनले मधेशका नेकपा एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै यस पटक चुनावमा अत्यधिक बहुमतसहित विजयी हुने ठोकुवा गरे ।
अध्यक्ष ओलीले अहिलेको गठबन्धन विकास विरोधी भएको कारण अब धेरै दिन यसको आयू नरहेको बताए । उनले सत्ता गठबन्धन गलत मनसायका कारण निर्माण भएकाले आगामी संसदीय निर्वाचन अघि नै ढल्ने संकेत देखिदै गएको बताए ।