काठमाडौँ l नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न जादै छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला जान लागेको नेकपा एमाले जनाएको छ ।
बिहान ११ बजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा पुग्ने र लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
ओलीले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बोधन गर्नेछन् ।