बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बेलायतका प्रधानमन्त्रीलाई रुस प्रवेशमा राेक

आइतबार, बैशाख ४ २०७९

एजेन्सी l रुसले बेलायती प्रधानमन्त्री बोरिस जोनसनमाथि यात्रा प्रतिबन्धको घोषणा गरेको छ । बीबीसीका अनुसार रुसको युक्रेन आक्रमण प्रति बेलायतको ‘आक्रामक रवैया’ का कारण यस्तो घोषणा गरिएको हो ।

रुसको प्रतिबन्धको सूचीमा बेलायती विदेशमन्त्री लिज ट्रस, रक्षामन्त्री बेन वाल्लेस र अरु १० वरिष्ठ नेताहरू रहेको बीबीसीले जनाएको छ ।

युक्रेनमाथि आक्रमण गरेयता बेलायतले आफ्नो मुलुकमाथि लगाएका प्रतिबन्धको बदलास्वरूप पछिल्लो निर्णय लिइएको रुसको जिकिर छ ।

गत मार्च महिनामा रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि यस्तै प्रतिबन्धको घोषणा गरेको थियो ।