बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अन्ततः प्रचण्डले पोस्टरबाट हटाए कुलमानको तस्वीर, छोरी गंगाकोमा कायमै

बुधबार, चैत्र ३० २०७८

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन् ।

तर, प्रचण्डकी छोरी गंगा दाहालको फेसबुक पेजमा भने सो पोस्टर कायमै छ ।

बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा आफू, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्वीर अंकित चुनावी पोस्टर राखेका थिए ।

सरकारी तलब बुझ्ने घिसिङको तस्वीरलाई चुनावी प्रचार-प्रसारको सामग्री बनाउँदा निर्वाचन आचार संहिता आकर्षित हुने भन्दै चौतर्फी आलोचना भएको थियो ।

कार्यकारी निर्देशक घिसिङले पनि आफूलाई नसोधी चुनावी पोस्टरमा आफ्नो तस्वीर राखिएकोमा आपत्ति जनाउँदै हटाउन प्रचण्डको निजी सचिवालयलाई आग्रह समेत गरेका थिए ।   आफ्नो तस्वीर राखिएको भन्दै उनले विमति जनाएका थिए। 

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले निर्देशक घिसिङले पोस्टर हटाउन आग्रह गरेको स्वीकार्दै अरु साथीले प्रचण्डको सामाजिक चलाउँदा गडबड भएको स्वीकार्दै अहिले हटाइएको स्वीकार गरे ।

यतिबेला प्रचण्डको फेसबुक पेजबाट घिसिङको तस्वीर अंकित चुनावी पोस्टर हटाइएको छ । 

प्रचण्डले राखेको प्रचार सामग्रीमा प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो ।