बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

तीन लाख घुससहित प्रधानाध्यापक पक्राउ 

बुधबार, चैत्र ३० २०७८

काठमाडौं । रौतहटको श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुर तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बुधबार प्राध्यानाध्यापक ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा तीन लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

 दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको आयोगले जनाएको छ ।