काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए ।
नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल थिए । अत्याधिक चलखेलका कारण समयमै सरकारले सशस्त्रको नेतृत्व छान्न सकिरहेको थिएन ।
अन्तत थोरै समयका लागि भएपनि केसी आईजीपी बनेका छन् । केसीको कार्यकाल १९ दिन मात्र हुनेछ । ३० वर्षे सेवा अवधिका कारण उनले आगामी १८ वैशाखमा अवकास पाउने छन् । त्यसपछि फेरि नयाँ आईजीपी चयन गर्नुपर्ने हुन्छ ।