बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

निर्वाचन आयोगको निर्णयप्रति प्रधानमन्त्री पत्नी आरजु राणाको आपत्ति

बुधबार, चैत्र ३० २०७८

काठमाडौं । निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले आपत्ति जनाएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान कायम गरेपछि आपत्ति जनाएकी हुन् ।

उनले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई नेपालको संविधानको धारा ३८(४ं) पनि स्मरण गराएकी छन् । धारा ३८ (४) मा  ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ उल्लेख छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (४) मा राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिँदा पचास प्रतिशत स्थानमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था छ । 

देउवाले भनेकी छन्, ‘नेपालको संविधानको धारा ३८(४ं) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।’