बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गठबन्धन सहजका निम्ति महिला अनिवार्य प्रावधान सच्चियो

बुधबार, चैत्र ३० २०७८

काठमाडौँ l निर्वाचन आयोगले एक मात्रै पदमा उम्मेद्वारी दिँदा महिला हुनुपर्ने प्रावधान सच्याएको छ।

आयोगले स्थानीय तहको प्रमुख वा उपप्रमुख, गाउँपालिको अध्यक्ष वा उपाध्यक्ष्यमध्ये एक मात्रै पदमा दलले उम्मेदवारी दिनुपर्दा महिला हुनुपर्ने प्रावधान सच्याएको हो।

चैत १६ गते आयोगले दलहरुलाई पत्र पठाउँदै एक मात्रै पदमा उम्मेदवारी दिँदा महिला हुनुपर्ने निर्देशन गरेको थियो। स्थानीय तह निर्वाचन ऐनले दुई मध्ये एक पदमा उम्मेद्वारी दिँदा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ।