बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रचण्डको भाइभन्दा पनि पार्टी र देशका लागि दिएको योगदानका आधारमा राष्ट्रियसभामा मनोनीत भएँ : नारायण दाहाल

मंगलबार, चैत्र २९ २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका नारायणप्रसाद दाहालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइभन्दा पार्टी र देशका लागि दिएको योगदानका आधारमा राष्ट्रियसभामा मनोनीत भएको दाबी गरेका छन् ।
उनले जनता र राष्ट्रको समृद्धिको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता जनाए । 

सरकारको वार्षिक नीति तथा कार्यक्रमसहितको बजेट पनि आउन लागेको भन्दै बजेटमा जनता र राष्ट्र दुवैको समृद्धिका लागि सुझाव दिने दिने बताए । 

दाहाल पुनर्स्थापित संसद्‌मा माओवादीतर्फबाट डेढ वर्ष सांसद भएका थिए । त्यसपछि भने उनी दोस्रो संविधानसभामा सभासद् थिए ।