शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुनको भाउ तोलामा ८ सयले बढ्यो 

मंगलबार, चैत्र २९ २०७८

काठमाडौं । सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा  कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय निर्धारण भएको छ ।  चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँ  निर्धारण भएको छ ।