काठमाडौँ l सत्तारुढ पाँचदलीय गठबन्धनले ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गरेका छन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संयन्त्रको आइतबार बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले नेताहरुले कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर लिन तथा भरतपुर, पोखरा र वीरगञ्ज महानगर छाड्न प्रस्ताव गरेका हुन् ।
यद्यपि तालमेलको समग्र विषयमा सोमबार बिहान ९ बजे शीर्ष नेताहरुकै उपस्थितिमा छलफल गर्ने सहमतिसाथ आइतबारको छलफल टुंगिएको छ।
बैठकपछि अनुगमन संयन्त्रको तर्फबाट जारी वक्तव्यमा तालमेल गरेर अघि बढ्न सहमत भएको र प्रदेश र जिल्लामा सहमति कायम गरेर केन्द्रमा पठाउने म्याद ३० गतेसम्म थप गरिएको उल्लेख छ ।