बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सेभद चिल्ड्रेनद्वारा विपत् उद्धार सामग्री हस्तान्तरण

आइतबार, कार्तिक ७ २०७३

आर्थिक संवाददाता
नेपालगन्ज, कात्तिक ४ ।
बाँके जिल्लाको बैजापुर गाविसस्थित इलाका प्रहरी चौकी, धामपुर र कचनापुर गाविसको इलाका प्रहरी चौकी, गाभरलाई विपत् व्यवस्थापन सामग्री हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्बलद्वारा  बालबालिका केन्द्रित विपत् जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत दुई चौकीलाई करिब  दुई÷दुई लाख बराबरको उद्धारसम्बन्धी सामग्री उपलब्ध गराएको हो ।
 सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्बलद्वारा जिल्लाका आठ गाविसमा सञ्चालित सो कार्यक्रमअन्तर्गत विद्यालय तथा समुदायलाई दैवी प्रकोपबाट सुरक्षित बनाउने उद्देश्य लिइएको कार्यक्रम संयोजक दीपेन्द्र चौधरीले बताए । यसअघि पनि क्लबले कार्यक्रम सञ्चालित अन्य गाविसका विद्यालयलाई भूकम्पबाट बालबालिकालाई सुरक्षित राख्ने विपत् सुरक्षा सामग्री उपलब्ध गराएको थियो । बाँके जिल्लाका प्राविधिकका अनुसार जिल्लामा अधिकांश भौतिक संरचना भूकम्प प्रतिरोधात्मक नभएकाले जोखिमको अवस्था अधिक रहेको छ ।