बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

लोसपामा अध्यक्ष महन्थ ठाकुरको निर्देशन

आइतबार, चैत्र २७ २०७८

काठमाडौँ l लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ।

लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशन अनुसार २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसिमा दिएको हो।

‘२४–२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन्। कमिटीले २९ गतेभित्र सबै तहका उम्मेदवार सिफारिस गरिसक्ने छन्,’ केन्द्रिय कार्यकारिणी सदस्य सुरेन्द्र झाले भने।

उनले अगाडि थपे, ‘२९ गते भित्र सबै स्थानका उम्मेदवार सिफारिस भईसक्ने अपेक्षा गरिएको छ।’ झाका अनुसार केन्द्रीय कार्यालयको निर्देशनअनुसार जिल्ला, पालिकाका कार्यकारिणी समितिहरुले गृहकार्य गरिरहेका छन्।