शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

को हुन् पाकिस्तानका भावी प्रधानमन्त्रीको चर्चामा रहेका शहबाज शरीफ ?

आइतबार, चैत्र २७ २०७८

इस्लामावाद । विपक्षी दलका नेता शहबाज शरीफलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । उनलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन्  । तर, प्रभावकारी प्रशासकको रूपमा देभभित्र उनको उच्च प्रतिष्ठा छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार अब पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का नेता शहबाज शरीफलाई नयाँ प्रधानमन्त्री बनाउने सम्भावना बढ्दो छ ।
शहबाज शरीफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन् । शहबाज शरीफका दुई दाजुहरु अब्बास शरीफ र नवाज शरीफ हुन् । नवाज शरीफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

सरिफका कान्छा भाई शहबाज इमरान खान नेतृत्वको सरकार ढाल्न विपक्षीहरूले गरेको प्रयत्नको नेतृत्व गरेका थिए । शनिबार राति संसदमा खानबिरुद्ध अविश्वसको प्रस्ताव पारित भएको थियो ।

शेहबाजको पाकिस्तानको सेनासँग राम्रो सम्बन्ध रहेको बताइन्छ । २२ करोड जनसंख्या भएको पाकिस्तानमा सेनाले विदेश र रक्षा नीतिमा हस्तक्षेप गर्ने बताइन्छ । 

पन्जाब प्रान्तको मुख्यमन्त्री हुँदा शेहबाजले कुशल ढंगले आफ्नो भूमिका निभाएका थिए । चीनले सहयोग गरेका परियोजना सम्पन्न गर्न उनी बेइजिङसँग निकट भएर कार्य गरेका थिए । 

गत साता एक अन्तवार्तामा उनले अमेरिकासँगको राम्रो सम्बन्धमा जोड दिएका थिए । इमरान खानले भने अमेरिकाको विरोध गर्दै आएका थिए । आफ्नो सत्ता ढाल्न विदेशी चलखेल भएको उनले दाबी गर्र्दै आएका छन् । 

शहबाज शरीफ दाजु नवाज शरीफ भन्दा पनि धनी रहेको बताइन्छ ।

शहबाज शरीफ १३ अगष्ट सन् २०१८ देखि नेशनल एसेम्बलीको सदस्य छन् । 

सन् १९९९ मा पाकिस्तानमा भएको सैनिक विद्रोहपछि शहबाजलाई जेलमा राखेर साउदी अरब निर्वासन गरिएको थियो । उनी सन् २००७ मा स्वदेश फर्किएका थिए । 

सन् २०२० को सेप्टेम्बरमा शहबाज शरीफ पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका थिए । सन् २०२१ को अप्रिलमा लाहोर हाईकोर्टले उनलाई धरौटीमा रिहा गरेको थियो ।

आर्थिक हिनामिनाको अभियोगमा नवाज शरीफ सन् २०१७ मा दोषी ठहर भएपछि शहबाज पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीको प्रमुख बनेका थिए । 


एजेन्सी