आर्थिक संवाददाता
काठमाडौं कात्तिक ३
स्मार्टफोन तथा ट्याब्लेटको माध्यमबाट कतार एयरवेजको टिकट बुकिङ गर्ने नेपाली यात्रुले १० प्रतिशत सम्मको छुट पाउने भएका छन् । कम्पनीले नेपाली यात्रुका लागि सिमित अवधिका लागि यो योजना सार्वजनिक गरेको जनाएको हो ।
यात्रुले आफ्ना उपकरणको ब्राउजरमा कतार एयरवेज डटकम टाइपगरी कम्पनीको प्रमोशनल कोड मोबाइलको प्रयोग गरी विश्वभरका १ सय ५० गन्तब्यका लागि बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । अक्टोबर १७ देखि २४ सम्म यात्रुले कतार एयरवेजको मोबाइल साइटमार्फत सन् २०१६ अक्टोबर २० देखि सन् २०१७ जून १४ सम्मको यात्राका लागि टिकट बुक गर्न सक्ने कम्पनीले जानकारी दिइएको छ ।