बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गभर्नर महाप्रसाद अधिकारी निलम्बित

शनिबार, चैत्र २६ २०७८

काठमाडौँ l सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उनीमाथि प्रश्न उठाउँदै छानबिन गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले उनीमाथि विभिन्न आरोप लगाउँदै छानबिनको लागि समिति पनि गठन गरेको थियो ।

उनीमाथि विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशन चुहाएको आरोप लगाइएको थियो । अधिकारी निलम्बनपछि अब कार्यबाहकको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको बताइएको छ ।