शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

 सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

शुक्रबार, चैत्र २५ २०७८

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न सत्तागठबन्धनको शीर्ष बैठक बोलाएका छन् ।

 आज मध्याह्न प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्दैछ ।

बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे समेत जानकारी गराउने बताइएको छ ।

केन्द्रबाट गठबन्धनको सैद्धान्तिक निर्णय भएसँगै विभिन्न जिल्लामा सत्ता गठबन्धनले संयन्त्र बनाएर तालमेलको तयारी गरिरहेका छन् ।