बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

रुस संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट निलम्बित

शुक्रबार, चैत्र २५ २०७८

एजेन्सी l  रूस संयुक्त राष्ट्र संघीय मानवधिकार परिषदबाट निलम्बित भएको छ ।

संयुक्त राष्ट्र स‌ंघको यो फैसला युक्रेनी सहर बुचामा भएको मानवअधिकार उल्लंघनलाई लिएर भएको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघमा रूसलाई यूएनएचआरसीबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा  ९३ देशले समर्थनमा र २४ देशले विपक्षमा मतदान गरेका थिए ।

भोटिङ प्रकृयामा ५८ देश अनुपस्थित रहेका थिए ।

नेपाल पनि मतदानमा अनुपस्थित भएको थियो । चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने भारत पनि मतदानमा अनुपस्थित भएको थियो ।