बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हरियाणामा सुमार्गी: आधुनिक कृषि परियोजनाको अवलोकन

शुक्रबार, चैत्र २५ २०७८

काठमाडौँ l नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले इजरायल सरकारको सहयोगमा भारतमा आधुनिक कृषि प्रणाली मार्फत संचालनमा रहेको  ‘सेन्टर अफ एक्सिलेन्सी’ – कर्नल हरियाणा डिडियचको अवलोकन गरेका छन् l

बिहिबार भारतको हरियाणामा अवस्थीत उक्त केन्द्रको अवलोकन पश्चात सुमार्गीले सामाजिक संजालमार्फत कृषिमा आधुनिक प्रविधि र विकसित तरिका अपनाउन सरकार,निजि क्षेत्र र कृषि पेशामा लागेका सबैले पहल गर्न जरुरी रहेको औल्याएका छन् l साथै नेपालमा पनि सात प्रदेशमा कृषि उद्यम तथा अनुसन्धान केन्द्रले  सोही प्रकारको आधुनिक तथा प्राविधिक रुपमा उच्चस्थरको कृषि केन्द्र निर्माण गर्ने सोच बनाएको बताएका छन् l 

सुमार्गीले कृषि उत्पादनलाई औधोगिकरण तथा बजारीकरण समेत गर्न सफल भएको भारतको हरियाणामा रहेको एमएसजी ब्रान्डको उत्पादन देखि उधोगसम्मको अवलोकन पश्चात हाल नेपालमा देखिएको आर्थिक संकटलाई बिस्तारै सहि मार्गमा लैजान कृषि उत्पादनलाई जोड दिने र उधोगमार्फत आयातमा कम गरी निर्यातमा जोड दिन आवश्यक रहेको बताएका छन् l