बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल बार मतगणनाः गठबन्धनका उम्मेदवार दोब्बर मतले अगाडि

बुधबार, चैत्र २३ २०७८

काठमाडौँ l नेपाल बार एशोसियनको मतगणनामा गठबन्धननिकट कानुन व्यवसायीको प्यानलले अग्रता कायमै राखेको छ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुन व्यवासायीका अध्यक्षका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्यानलले अग्रता लिएको हो।

मंगलबार बेलुकासम्म घिमिरेले ७७७ मत पाएका छन् भने एमाले निकट कानुन व्यवसायीहरुको संगठन पिपिएलबाट अध्यक्षका प्रत्यासी बनेका विष्णुमणि अधिकारीले ३७२ मत पाएका छन्। गठबन्धनका उम्मेदवार दोब्बर मतले अघि देखिएका हुन्।

त्यस्तै गठबन्धनबाट महासचिवकी उम्मेदवार अन्जिता खनालले ६९७ मत पाएकी छिन् भने पिपिएलका केदार कोइरालाले ४४३ मत ल्याएका छन्।

नेपाल बारको २६औँ कार्यसमितिको चयनका लागि शनिबार मतदान भएको थियो।