दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीसँग चुनावी तालमेल नहुने भन्दै प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा एमाले रहेको बताएका छन् ।
प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने, ‘माओवादी र नेकपा एकीकृत समाजवादीसँग एमालेले चुनावी तालमेल गर्दैन । तर उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्व गर्छौ ।’
पोखरेलले प्रचण्ड र माधवकुमार नेपाल बाहेकका अरू सबैलाई एमालेले स्वीकार्ने बताउँदै भने, ‘प्रचण्ड र माधवरहित वामएकताको पक्षमा एमाले छ । कम्युनिस्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्नेहरू कम्युनिस्ट हुन सक्दैनन् ।’