शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

मंगलबार, चैत्र २२ २०७८

काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको हो ।
सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्रै चुनावी तालमेलको विषयमा कुरा नमिलिरहेको स्थितिमा सत्तागठबन्धनको बैठक बस्न लागेको हो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय सत्ता गठबन्धनका पाँच दलले गरिसकेका छन् ।

आजको बैठकमा तालमेलको मोडालिटीबारे छलफल हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनायो ।