शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा सत्ता गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार घिमिरे विजयी

सोमबार, चैत्र २१ २०७८

पाँचथर  । पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार पराजित भएका छन् ।

सत्ता गठबन्धनबाट अध्यक्षका उम्मेदवार नरेन्द्र अधिकारी एमाले पक्षधर नवराज घिमिरेसँग पराजित बनेका हुन् ।

एमाले पक्षधर उम्मेद्वार घिमिरेले ६ सय ५२ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार अधिकारीले ५७३ मत पाएका छन् ।

अधिकारी सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र संघीय समाजवादीबीच गठबन्धन थियो भने एमाले र राप्रपाको गठबन्धन बनेको थियो ।

स्थापनाकालदेखि पहिलो पटक पाँचथर उद्योग वाणिज्य संघको नेतृत्व कांग्रेसले गुमाएको छ ।

पदाधिकारीमा भने मिश्रित परिणाम आएको छ ।