काठमाडौं । युवा संघ नेपालले आयोजना गरेको लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।
चावहिलस्थित चलचित्र बोर्डको कार्यालयमा अपराह्न ४ बजे एमाले अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
संघका सचिवालय सदस्य दुष्यान्त दाहालका अनुसार युवा संघले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको र आज ग्राण्ड फिनाले भएकाले अध्यक्ष ओलीलाई सम्बोधनका लागि डाकिएको हो ।
उनका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् ।