काठमाडौँ l चितवन कांग्रेसले भरतपुर महानगरपालिकको प्रमुखमा आफ्नो दाबी नछाड्ने निर्णय गरेको छ।
सत्ता गठबन्धनले तालमेल गरेर स्थानीय तहको चुनावमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको अवस्थामा माओवादी केन्द्रले आँखा लगाइरहेको भरतपुरमा कांग्रेसले नछाड्ने निर्णय गरेको हो।
आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर नपाए एक्लै चुनावी प्रस्पिर्धा गर्ने निर्णय लिएको सभापति राजेश्वर खनालले जानकारी दिए।
अघिल्लोपटक कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाललाई समर्थन गरेको थियो।
पार्टीभित्र फरक मत हुँदा हुँदै कांग्रेसको समर्थनमा दाहालले मेयर जितेकी थिइन्। यसपटक पनि माओवादीले दाहाललाई दोहो¥याउन चाहे पनि कांग्रेसको जिल्लादेखि स्थानीय नेतृत्व त्यसको विपक्षमा उभिन्दै आएको छ।
भरतपुरको मेयरको विषयमा प्रचण्ड र कांग्रेसका जिल्ला नेतृत्वबीच सवाल जवाफ हुँदै आएको छ। आइतबारको बैठकमा चितवन कांग्रेसको सिंगो टिम नै उपस्थित भएर सर्वसहमत निर्णय गरेको हो।