शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री देउवाले गरे काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना 

आइतबार, चैत्र २० २०७८

काठमाडौं । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना गरेका छन् ।

त्यहाँ उनीसँगै पत्नी डा आरजु राणा, परराष्ट्र मन्त्री डा नारायण खड्का, भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतको उपस्थिति थियो । 

नयाँ दिल्लीबाट आइतबार बनारस पुगेका प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमास्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पुगेका थिए ।

बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा आजै स्वदेश फर्किने कार्यक्रम छ ।