काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर कमलसिंह ऐरीले करिब ६ साता खेल खेल्न नपाउने भएका छन् ।
त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत शनिबार मलेसियाविरुद्ध भएको खेलमा फिल्डिङ गर्ने क्रममा उनको कुमको हड्डीमा चोट लागेको थियो । सोही समयमा उनलाई अस्पताल पुर्याइएको थियो ।
क्यानले आइतबार बिहान नेपाल नेसनल हस्पिटल, कलंकीमा कमलसिंहको शल्यक्रिया भएको जनाएको छ । कमलको शल्यक्रिया डा. निरज केसी र डा. निरञ्जन सुवेदीको टिमले गरेको हो ।