बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेले ज्येष्ठ कम्युनिष्टलाई सम्मान गर्ने

आइतबार, चैत्र २० २०७८

काठमाडौं । नेकपा एमालेले देशभरका ज्येष्ठ तथा वरिष्ठ कम्युनिष्ट नेतालाई आगामी वैशाख ९ गते सम्मान गर्ने भएको छ ।

एमालेले नेकपा स्थापनाको दिन पारेर सम्मान कार्यक्रम तय गरेको हो ।  चैत ९ र १० गते भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको सो निर्णय थियो । 

विभिन्न आन्दोलनमा योगदान गरेका नेताहरूलाई पनि सो दिन हरेक पालिकास्तरमै सम्मान गरिनेछ । विसं २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा नेकपा स्थापना भएको थियो ।