काठमाडौं । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी (बनारस) पुगेका छन् ।
बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए ।
बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा शुक्रबार तीन दिने भ्रमणमा भारत गएका हुन् ।