बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चीनमा एकै दिन १३ हजार बढी कोभिड संक्रमित भेटिए, आवत-जावतमा कडाइ

आइतबार, चैत्र २० २०७८

बेइजिङ । चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो ।

चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ । 

संक्रमितहरूमध्ये १४५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ । 

कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको वित्तिय हव सांघाइमा झन्डै साढे २ करोड मानिस घरभित्रै बसेका छन् । कोभिड संक्रमण फेरि देखिएसँगै प्रभावित प्रान्तका सहरमा सरकारले आवत जावतमा कडाइ गरेको छ ।

एजेन्सी