काठमाडौं । नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज हुँदैछ । काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
अध्यक्ष ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्नेछन् । अध्यक्ष ओलीले हिजै मात्र खोटाङ पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए ।
स्थानीय निर्वाचन नजिकिरहेको बेला यति बेला चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओलीलाई भ्याइनभ्याई छ ।
केही दिन अघिमात्र ओलीले एकैदिन कर्णालीका ४ सभालाई सम्बोधन गरेका थिए ।
यसैगरी एमालेमा विभिन्न दल परित्याग गरी अध्यक्ष ओलीबाट टिका लगाई पार्टी प्रवेशको लहरै चलेको छ ।