काठमाडौँ l पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै व्यवसायीले शुक्रबार (आज) देखि सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन छाडेका छन्।
सरकारलाई कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन्।
पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै नेपाल आयल निगमले भाडा नबढाएको उनीहरूको आरोप छ। व्यवसायीले आज देखी पेट्रोलियम पदार्थको आयत र बिक्री वितरण पुर्णरुपमा रोकेको एलपी ग्यास उत्पादक एसोसिएसनले जनाएको छ।
हाल नेपालमा दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ। यसै गरी दैनिक ६ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको छ। व्यवसायीले बिक्री वितरण रोकेसँगै देश भरका पेट्रोलपम्पमा लाइन शुुरु भइसकेको छ।