शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज पनि बढ्यो सुनचाँदीको भाउ

शुक्रबार, चैत्र १८ २०७८

काठमाडौं । सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि, बिहीबार सुन तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार  तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ १० रुपैयाँ बढेको छ  । बिहीबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ६० रुपैयाँ  निर्धारण भएको छ ।