शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

यी चार प्रदेशमा सामान्य वर्षाको सम्भावना

शुक्रबार, चैत्र १८ २०७८

काठमाडौँ। हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान प्रदेश १, मधेस प्रदेशलगायत बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ।

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।