बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौं सेतोपुल नजिकैको फोहोरमा सालनालसहित मृत शिशु फेला 

बिहिबार, चैत्र १७ २०७८

काठमाडौं । काठमाडौंको सेतो पुल नजिकै सालनालसहितको नवजात शिशु फेला परेको छ ।
आज बिहान सेतो पुल नजिकैको फोहोर फाल्ने ठाउँमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ । 

अहिले महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट प्रहरी नायव उपरीक्षक मिनबहादुर कुँवर क्षेत्री घटनास्थलमा छन् ।
आज बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो । 

अवैध रूपमा गर्भधारण गरेकी महिलाले जन्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।