बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

श्रीलंकाको जस्तो आर्थिक संकटमा जाने अवस्थामा हामी छैनौं : प्रचण्ड

बिहिबार, चैत्र १७ २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश श्रीलंकाको जस्तो आर्थिक संकटमा जाने अवस्थामा नरहेको बताएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा सम्बोधन गर्दै प्रचण्डले अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न विशेष योजना ल्याउन लागेको समेत बताए । यदि समयमै त्यस तर्फ ध्यान पुर्याउन नसके यसै भन्न नसकिने उनको भनाइ थियो ।

‘अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न हामी छलफल गरेर योजना ल्याउँदैछौं,’ प्रचण्डले भने, ‘श्रीलंकाको जस्तो अवस्थामा नेपाल जाँदैन ।’ उनले विभिन्न अर्थविदहरुसँग आफूले उपाय खोजिरहेको समेत बताए ।

प्रचण्डले चुनावमा गठबन्धन बनाएर जानेमा प्रष्ट भएको बताए । उनले भने, ‘चुनावमा हामी गठबन्धन बनाएर जानेमा द्वुविधा छैन, मिलेर जान्छौं ।’

माओवादीले देशको संकटमोचनमा जहिले पनि मुख्य भूमिका खेलेको भन्दै अप्ठ्यारो चुनौतीलाई पार लगाउन पछि नपर्ने बताए । तर, माओवादीलाई स्वीकार्न पनि नसक्ने विचित्रको अवस्था रहेको बताए ।