शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो 

बिहिबार, चैत्र १७ २०७८

काठमाडौं । सुनको भाउ बिहीबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुनको भाउ तोलाको  ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
 
बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको भाउ भने  १० रुपैयाँ घटेको छ  । बुधबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ५० रुपैयाँ  निर्धारण भएको छ ।