शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गठबन्धनमाथि एमाले उपाध्यक्ष नेम्वाङको टिप्पणी: सम्बन्धित मित्रहरुले दु:ख पाउनुहुन्छ

बिहिबार, चैत्र १७ २०७८

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहीबार नेता नेम्वाङले भने, ‘गठबन्धन मूल्य र मान्यता अनुसार भएन भने सम्बन्धितले दुःख पाउनुहुन्छ ।’

‘गठबन्धनका कुराहरु आउँछन् । हाम्रो स्पष्ट दृष्टिकोण छ, लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्छ । त्यो भएको छ छैन, त्यतातिर म टिप्पणी  गर्दिन,’ उनले भने, ‘पछि सम्बन्धित मित्रहरुले दुख पाउनुहुन्छ ।’

उनले प्रतिस्पर्धाका बाबजुत सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताए ।

नेम्वाङले एमालेका अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट रिपोर्टर्स क्लब नेपाललाई शुभकामना समेत दिएका थिए ।