शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सत्ता गठबन्धनको बैठक बस्दै : चुनावी तालमेल मुख्य एजेण्डा

बिहिबार, चैत्र १७ २०७८

काठमाडौँ। पाँच दलीय सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दै छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहान १० बजेका लागि बोलाइएको सत्ता गठबन्धनको बैठकमा चुनावी गठबन्धनका विषयमा छलफल हुनेछ।

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा जित हासिल गर्न सत्ता गठबन्धनमा रहेका दलहरूबिचमा छलफल हुन लागेका हो।

यसअघि सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले स्थानीय तहको आवश्यकताका आधारमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ।