काठमाडौँ l नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार ४० दशमलव ६८ अंकले बढेर २५ सय ६८ दशमलव २५ अंकमा पुग्दा सेन्सिटिभ पनि आठ दशमलव १३ अंकले बढेर चार सय ८० दशमलव छ अंकमा चढेको छ ।
आज दुई सय ३२ वटा कम्पनीहरुको ३६ हजार आठ सय ११ पटकको कारोबारमा ४५ लाख दुई हजार पाँच सय ११ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम दुई अर्ब २५ करोड एक लाख १७ हजार दुई सय ९६ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढ्दा नेप्सेमा हरियाली छाएको छ । ति मध्ये आज वाणिज्य बैंक समुहको सुचक तीन दशमलव ८३ अंकले बढेर १६ सय ४९ दशमलव दुई अंकमा पुग्दा फाईनान्स समुहको सुचक ६६ दशमलव तीन अंकले बढेर दुई हजार ८४ दशमलव ३९ अंकमा चढेको छ ।
यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि एक सय ९१ दशमलव दुई अंकले बढेर १२ हजार दुई सय ८३ दशमलव ३५ अंकमा पुग्दा विकास बैंक, जलबिद्युत, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इर्मर्जिङ नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनसीसी बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सिद्धार्थ इन्स्योेरेन्स कम्पनी परेको छ ।