बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्ड गृह जिल्ला चितवन जाँदै, यस्ता छन् कार्यक्रम

बुधबार, चैत्र १६ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् ।

स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि उनी आज चितवन जान लागेका हुन् ।

चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्नेछन् । 

त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्ने कार्यक्रम छ।

निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधुप बढेको छ ।

चितवन कांग्रेसले निर्वाचनमा गठबन्धनको विरोध गर्दै आएको छ । यस अघि चितवन कांग्रेसले भरतपुर महानगरमा कुनै पनि हालतमा माओवादीलाई समर्थन गर्न नसकिने बताउँदै आएको छ । यस अघिको निर्वाचनमा भरतपुर महानगरमा प्रचण्डकी छोरी रेणु दाहाललाई कांग्रेसले समर्थन गरेको थियो ।