शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाहले गरे उच्च अदालतमा रिट दायर

मंगलबार, चैत्र १५ २०७८

काठमाडौं । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् 

पल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । तर, समय अभावका कारण हिजो जान नसकेका कारण आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिइएको हो ।

अदालतका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए । रिटमार्फत शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन् । 

१० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।